काठमाडौँ – समृद्धि फाइनान्स कम्पनी लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबिच सम्झौता भएको छ ।


ADVERTISEMENT


लघुवित्त तथा विपन्न वर्ग कर्जा, साना तथा मझौला उद्यम कर्जा, कृषि कर्जा तथा शैक्षिक कर्जा तथा शैक्षिक बेरोजगार व्यवसाय कर्जा र निर्यात कर्जा कार्यक्रममा प्रदान गरेको कर्जा सुरक्षण गर्न सम्झौता भएको हो ।


ADVERTISEMENT

# # #


सोमबार कोषको प्रधान कार्यालय गहनापोखरी टङगाल, काठमाण्डौमा भएको सम्झौतामा समृद्धि फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनी र निक्षेप तथा कर्जा सुरक्षण कोषका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विष्णु बाबु मिश्रले हस्ताक्षर गरेका छन् ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले पाँच वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ ।