काठमाडौं – मानवअधिकारवादी नेता कृष्ण पहाडीले संसद विघटनको सिफारिस गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को जंगबहादुर बन्ने प्रयास गरेको टिप्पणी गरेका छन् । ओलीको प्रयासले अस्थिरतामा विदेशी र राजावादीले फाइदा उठाउन थालेको उनले बताए ।


ADVERTISEMENT


‘केपी ओली दोस्रो जङ्गबहादुर बन्न खोज्दैछन्,’ पहाडीले रिपोर्टर्स क्लब नेपालमा भने, ‘संसद विघटन गराउने उनको कदमले भारत र चीनले हस्तक्षेप गरेका छन् । विप्लव र राजावादीले समेत यसको फाइदा उठाउन थाले ।’ सर्वोच्च अदालतले विघटनको फैसलालाई मान्यता दियो भने अन्यले पनि सोही अनुसारको परम्परा पछ्याउने औल्याए ।


ADVERTISEMENT

# # #


पछिल्लो पटकको संसद विघटनबाट विश्व झनै चकित भएको पहाडीको कटाक्ष थियो । पार्टीको किचलोका कारण संसद विघटन गरेको केपी ओलीको भनाईको कडा आलोचना समेत गरे । “संसदमा अविश्वासको प्रस्ताव आउछ भन्ने थाहा पाउनासाथ उनले संसद विघटन गरे, आफ्नो पार्टीलाई पनि छोडेनन् र संसदलाई पनि छोडेनन्,” पहाडीको अगाडि भने, “सबै किसिमको संसदीय विकल्पको प्रावधान छोडेर उनले संसद विघटन गरेका छन्”

संसद विघटनका लागि ओली मात्रै होइन माधव नेपाल र प्रचण्ड पनि उत्तिकै दोषी रहेको उनले बताए । प्रतिनिधिसभामा पराजित भएका व्यक्ति मन्त्री हुन नसक्ने प्रावधानलाई उल्लंघन गर्दै हारेका व्यक्तिलाई पनि ओलीले मन्त्रीमा नियुक्ती दिएको तर्क गरे । कसैले पनि संसद पुनःस्थापना गर्न सक्दैन भन्ने केपी ओलीको भनाई अदालतकै मानहानी भएको पहाडीले बताए ।