काठमाडौँ– प्रदेश नम्बर २ का ८ जिल्लामा भएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनपछि मतगणना जारी छ । अहिलेसम्म २१ स्थानीय तहको अन्तिम मतपरिणाम आइसकेको छ भने अन्यको नतिजा आउने क्रम जारी छ।


ADVERTISEMENT


१३६ मध्ये राजविराज नगरपालिका बाहेक सबैमा मतगणना सुरु भइरहेको निर्वाचन आयोगले जनाएको छ । ८ वटा जिल्लाका १३६ वटा स्थानीय तहमा गत असोज २ मा मतदान भएको थियो । प्रदेश नम्बर २ का स्थानीय तहका १३६ स्थानीय तहमा भएको निर्वाचनको सबै नतिजा शनिबारसम्म गर्ने गरी मतगणनामा भइरहेको छ।


ADVERTISEMENT

# # #


हालसम्म २१ स्थानीय तहको अन्तिम नतिजामा नेपाली कांग्रेस अग्र स्थानमा रहेको छ । कांग्रेसले २१ मध्ये ८ स्थानमा विजय हासिल गरेको छ । कांग्रेसलाई पच्छ्याइ रहेको एमालेको पनि एक स्थानले कम रहेको छ । उसले ४ स्थानमा जित दर्ता गरेको छ ।
यस्तै नेकपा माओवादी केन्द्रले ३ स्थानमा जितेको छ । मधेसकेन्द्रित दलहरु उपेन्द्र यादवको संघीय समाजवादी फोरम, विजय गच्छदारको फोरम लोकतान्त्रिक र पाँच पार्टी मिलेर बनेको राजपाले समान २/२ स्थान विजय हासिल गरेका छन् ।

पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसले ३९ स्थानका मेयर र अध्यक्षमा अग्रता लिएको छ। यस्तै नेकपा एमालेले १३ स्थानमा अगाडी रहेको छ भने उपेन्द्र यादवको संघीय समाजवादी फोरम २४ स्थानीय तहमा अगाडी रहेको छ ।

नेकपा माओवादी केन्द्रले १८ स्थानमा अग्रता कायम गरिरहँदा मधेस केन्द्रित पाँच पार्टी मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) २० स्थानमा अगाडी रहेको छ ।