काठमाडौं – नेपाली काँग्रेसका युवानेता नैनसिंह महरले नेपाली काँग्रेस सबै नेपालीहरूको घर घरमा पुग्ने बताएका छन् । कम्युनिष्टका कारण देशका लागि भएको घातबाट जनतालाई परेको दुखमा मल्हम लगाउन काँग्रेस जनता समक्ष नै जाने निर्णयमा पुगेको नेता महरले बताएका छन् ।


ADVERTISEMENT


आजै प्रतिपक्षि काँग्रेसले देशव्यापी संघर्षका कार्यक्रम समेत सार्वजनिक गरेको छ ।


ADVERTISEMENT

# # #


‘जनताको पार्टी नेपाली काँग्रेस नै हो भन्ने देशव्यापी लहरका लागि हामी उत्रिसकेका छौं’ नेता महरले हिमालय पोष्टसँग भने, ‘कम्युनिष्टतन्त्रको अन्त्य भईसक्यो अब देशमा सँघीय समाबेशी लोकतन्त्रिक गणतन्त्र बचाउन देशको नेतृत्व काँग्रेसले गर्छ ।’ जनताले नै अब काँग्रेसलाई आफ्नो भाग्य र भविष्य सुम्पने भन्दै उनले त्यसका लागि काँध थापेर काँग्रेस अघि बढ्ने बताएका छन् ।

नेकपा नेतृत्वको सरकारले संसद बिघठन गरेर असंवैधानिक अलोकतान्त्रिक र जनभावनाको बिपरित काम गरेकाले संविधानको रक्षा र जनताको चाहना बमोजिम काँग्रेस देशब्यावी प्रदर्शनमा जाने निष्कर्षमा पुगेको नेता महरको भनाई छ ।

संसद विघठनको मुद्दा अदालत समक्ष पुगिसकेकाले त्यसको छिनोफानो न्यायालयबाट हुने नै छ भन्दै उनले केपी ओलीको सरकारले समयमा नै निर्वाचन गराउने बिषयमा समेत शंका भएका कारण चुनाव नहुन्जेलसम्म जनसँघर्षका कार्यक्रम जारी रहने समेत उनले बताएका छन् ।