काठमाडौँ – सांसद महेश बस्नेतलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको अभियोगमा पूर्वप्रहरी तथा नेपाली कांग्रेस सदस्य डिल्लीबहादुर चन्दलाई पक्राउ गरिएकोप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।


ADVERTISEMENT


बिहीबार एक विज्ञप्ती जारी गर्दै कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले चन्दलाई कानूनी प्रक्रिया भन्दा विपरीत गएर प्रतिशोधपूर्ण ढंगले गिरफ्तार गरिएको आरोप लगाएका छन् ।


ADVERTISEMENT

# # #


‘कुनै लेखाइले कुनै पनि ब्यक्तिलाई गाली बेइज्जती गरेको स्थिति हो भने त्यस्तो घटनामा कारवाहीका लागि ०७४ मा जारी गरिएको मुलुकी अपराध संहितामा अलग्गै ब्यवस्था छ ।’ उनले भनेका छन्, ‘तर, त्यो कानूनी प्रक्रिया भन्दा विपरीत गएर प्रतिशोधपूर्ण ढंगले गिरफ्तार गर्नु भनेको सत्ताको आडमा विद्युतीय कारोबार ऐन र प्रहरी समेतको दुरुपयोग गरिएको उदाहरण हो ।’

सत्ता र शक्तिको निकट रहेकाले श्रम गरेर बांचेको नागरिक माथि देखाउन खोजेको तुजुक निन्दनीय रहेको प्रवक्ता शर्माको दाबी छ । नागरिकप्रतिको व्यवहार सच्याउन चेतावनी दिँदै उनले चन्दलाई तत्काल रिहा गर्न माग समेत गरेका छन् ।