काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट दुई वटा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरिएको हो । जसअनुसार तार्केश्‍वर–६, धर्मस्थलीबाट १ जना र काठमाण्डौ–१६, म्हैपीबाट ४ जना गरी मोटरसाईकल चोरी गर्ने ५ जनालाई वुधबार पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए ।


ADVERTISEMENT

# # #


धर्मस्थलीबाट जिल्ला नुवाकोट काउले गाउँपालिका वडा नं. ५ घर भई हाल काभ्रेस्थली बस्ने रमेश तामाङ्गलाई प्रदेश ३–०२,०१६ प ३८०४ नम्वरको रातो रंगको २०० सी.सी.को पल्सर मोटरसाईकलसहित पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

उक्त नम्वरको मोटरसाईकल गत कार्तिक २ गते गते खुमलटार ललितपुरबाट हराएको र खोज तलास गरि पाउँ भनि रोशन अधिकारीले निवेदन यस महाशाखामा दिएको थिए । उक्त निवेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, सातदोबाटो ललितपुर पठाईएको छ ।

त्यस्तै, काठमाडौ म्हैपीबाट नुवाकोट दुप्चेश्‍वर गाउँपालिका वडा नं. ५ घर भई हाल काठमाडौँ झोर बस्ने किरण लामा, नुवाकोट दुप्चेश्‍वर गाउँपालिका वडा नं. ५ का काठमण्डौ गणेशथान बस्ने क्षितिज तामाङ्ग, नुवाकोट सुर्यगडी गाउँपालिका वडा नं. १ का काठमाडौँ मनमैजु बस्ने दिपक तामाङ्ग पनि मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका छन् । यस्तै बाराको करैया गाउँपालिका वडा नं. ४ घर भई हाल तार्केश्‍वर नगरपालिका वडा नं. १० बस्ने गंगा चौधरीलाई पनि पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

उनीहरूको साथबाट प्रदेश ३–०२–०१५ प ३६०४ नम्वरको कालो रंगको १५० सी.सी.को पल्सर मोटरसाईकल पक्राउ परकोमा उक्त मोटरसाईकल वास्तविक नम्बर बा ९८ प ३९७६ रहेको अनुसन्धानबाट खुल्न आएको छ । उक्त नम्वरको मोटरसाईकल गत कसार २१ गते काठमाडौँ तार्केश्‍वर नगरपालिका वडा नं. ५ गोल्ढुङ्गाबाट हराएको थियो । प्रविन ढुंगानाले हुलिया सहितको निवेदन दिए पश्चात महाशाखाले अनुसन्धान गरी मोटरसाइकल र चोरी गर्ने पत्ता लगाएको हो ।

पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, बालाजु पठाईएको महाशाखाले जनाएको छ ।