काठमाडौँ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपाललाई लोडसेडिङमुक्त कुलमान घिसिङले नभई प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको बताएका छन् ।


ADVERTISEMENT


बिहीवार प्युठानमा भएको नेकपा ओली समूहको कार्यकर्ता भेलामा उनले प्रधानमन्त्री ओलीले भारतसँग ट्रान्समिसन लाइन र विद्युत खरिद सम्झौता गरेर विद्युत्को चरम अभाव भएकोबेला लोडसेडिङ अन्त्यको तयारी गरेको बताएका छन् ।


ADVERTISEMENT

# # #


कुलमान घिसिङले विद्युत् चुहावट नियन्त्रण र व्यवस्थापन गरेको बताउँदै एउटा व्यवस्थापकलाई लोडसेडिङ अन्त्यको जस दिनु सही नभएको उनले बताए ।