काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्माओलीले निर्धक्क भएर निर्वाचन निर्वाचनमा आउन असन्तुष्ट पक्षलाई आह्वान गरेका छन् ।


ADVERTISEMENT


बुधबार काठमाडौँको बबरमहलस्थित नेकपा ओली समूहको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वैशाखमा मध्यावधि निर्वाचन हुन्छ कि हुँदैन वा धाँधली हुन्छ कि भनेर शंका नपाल्न आग्रह गरेका हुन् । उनले नेकपाका अर्का अध्यक्ष प्रचण्डतर्फ व्यंग्य गर्दै आगामी निर्वाचनमा मतपत्र नच्यातिने र बत्ति ननिभाईने बताए ।


ADVERTISEMENT

# # #


‘म फेरि पनि आग्रह गर्न चाहन्छु, तपाईंहरु आउनुहोस् । स्वस्थ, स्वच्छ निर्वाचन हुनेछ । निष्पक्ष निर्वाचन हुनेछ ।’ चुनाव भनेपछि केही व्यक्तिहरुको सात्तो गएको भन्दै ओलीले भने, ‘धाँधली हुनेछैन, बत्ति निभाइने छैन, मतपत्र च्यातिने छैन ।’

उनले चुनावमा मतपत्र च्यात्छु वा बत्ति निभाउँछु भन्ने सोचेकाहरुको योजना असफल तुल्याउने उनले बताए ।