काठमाडौँ –  कोभिड १९का कारण समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव परेपनि यही कारणले मोबाइलको बजार भने गुल्जार बनेको छ । कोभिडका कारण प्रभावित अन्य कतिपय व्यवसाय सामान्य अवस्थामा नफर्किसकेको अवस्थामा मोबाइलको माग भने बढ्दै गएको देखिन्छ ।


ADVERTISEMENT


भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ५ महीनामा रु. साढे १७ अर्बको मोबाइल फोन आयात भएको छ । विभागकाअनुसार यस अवधिमा रु १७ अर्ब ६४ करोडको मोबाइल फोन आयात भएको छ । जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा साढे ७ अर्बले बढी हो । अघिल्लो वर्ष पहिलो ५ महीनामा रु. १० अर्ब ६७ करोडको मात्र मोबाइल फोन आयात भएको थियो ।
सरकारले कोभिड नियन्त्रणका लागि सरकारले गत वर्ष चैत दोस्रो सातादेखि देशभर बन्दाबन्दी लगाएपछि यसको प्रभाव मोबाइल बजारमा पनि प¥यो । तर जब गत असारदेखि सरकारले बन्दाबन्दी खुकुलो गर्‍यो एक्कासी मोबाइल ग्याजेटको माग बढ्न थाल्यो । यद्यपि, असारमा बन्दाबन्दी पूर्ण खुकुलो भइनसकेको र भदौ शुरुदेखि तेस्रो सातासम्म पनि निषेधाज्ञा लागू भएकाले मागअनुसार मोबाइल आयात गर्न नसकिएको व्यवसायी बताउँछन् । त्यसयता मागअनुसार मोबाइल फोन आयात भइरहेको नेपाल मोबाइल फोन आपूर्ति संघका अध्यक्ष दीपक मल्होत्राले बताए ।


ADVERTISEMENT

# # #


मल्होत्राकाअनुसार कोभिडपछि बन्दाबन्दीका कारण घरमै बन्द हुनुपर्दा समय कटाउन सामान्य मोबाइल चलाउनेले पनि स्मार्ट फोन खरीद गरेको, भच्र्युल छलफल बढेको र अवैधानिक आयात बन्द भएका कारण बजारमा मोबाइल फोनको माग बढेको हो ।

२ वर्षअघि सरकारले मोबाइल सेट आयातमा भ्याट फिर्ताको सुविधा खारेज गरेपछि यसबाट व्यवसायीहरु प्रभावित भएका थिए । जसकारण आर्थिक वर्ष २०७४/७५ को तुलनामा त्यसपछिका आव २०७५÷७६मा मोबाइल फोनको आयात घटेको थियो । अघिल्लो वर्ष व्यवसायीको पहलमा सरकारले मोबाइल फोन आयातमा केही नीतिगत सहजता गरेपनि मोबाइलको बजार पहिले जस्तो सामान्य बन्न सकेको थिएन ।

तर कोभिड शुरु भएपछि भने समग्र अर्थतन्त्रमा त्यसको नकारात्मक प्रभाव परेपनि मोबाइल फोन बजारलाई भने कोभिड फलदायी भएको हो ।

ताम्राकार मोबाइल फोन एशोसिएसनका सचिव गुरु शर्माले अहिले पनि चाँडबाँडमा जस्तै मोबाइल फोनको बजार चहलपहल रहेको बताए । उनले भने, ‘अन्य वर्ष दसैँ तिहारमा बजार चलायमान हुन्थ्यो, यस वर्ष अहिले पनि मोबाइल फोनबारे बुझ्न आउनेको संख्या लगभग उस्तै छ ।’