काठमाडौं – नेकपा (प्रचण्ड–माधव पक्ष) का अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि चीनका राजदूत हाउ यान्छीबीच भेटवार्ता भएको छ ।


ADVERTISEMENT


नेपाल–यान्छी शिष्टाटाचार भेटका अवसरमा उनीहरूबीच दुई मुलुकका आपसी हितका विषयमा छलफल भएको पार्टीका विदेश विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


नेकपा औपचारिक विभाजनको मुखमा पुगेका बेला अध्यक्ष नेपाल र राजदूत यान्छीबीचको भेटलाई महत्वका साथ हेरिएको छ । यसअघि यान्छीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति विद्यादेवि भण्डारीसँग पनि भेटवार्ता गरेकी थिइन् ।