काठमाडौँ – बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल समूहका ४५ प्रदेश सांसदले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।


ADVERTISEMENT


शालिकराम जम्मरकट्टेल प्रस्तावक र अरुण नेपाल समर्थक रहेको अविश्वासको प्रस्तावमा पौडेललाई पदमुक्त गरेर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका छन् ।


ADVERTISEMENT

# # #


अविश्वासको पत्रमा मुख्यमन्त्री डोरमणी पौडेल मुख्यमन्त्रीको पदमा रहिरहँदा उल्लेखित चुनौति र समस्याहरु अझ गम्भीर बन्दै जाने र यसबाट जनता एवम् प्रदेशले ठूलो क्षति व्यहोर्ने बताइएको छ । सांसदहरुले दर्ता गराएको पत्रमा भनिएको छ,‘नेपालको संविधानको धारा १८८ को उपधारा ४ तथा नेकपा बागमती प्रदेशसभा दलको विधान २०७५ को धारा २८ बमोजिम हामी तपसिल बमोजिमका बागमती प्रदेश सभाका सदस्यहरुले माननीय मुख्यमन्त्री डोरमणी पौडेलमाथिको विश्वास छैन भनी अविश्वासको प्रस्ताव पेश गर्ने प्रयोजनको लागि नेपालको संविधानको धारा १८३ को उपधारा ३ अनुसार तत्काल प्रदेशसभाको बैठक बोलाउन अनुरोध गर्दछौं ।’

यस्तै प्रचण्ड–नेपाल पक्षका तीन मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।

राजीनामा दिने मन्त्रीहरुमा आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण प्रसाद नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलाल रहेका छन् ।