जी.ओ.अटोमोवाइल्स् प्रा.लि.(जी.ओ.) फोर्ड गाडीको नेपालको लागि आधिकारिक विक्रेताले हालै फोर्डको २०२१ संस्करण २०२० कै मूल्यमा वुकिङ्ग खुल्ला गरेको थियो । क्रिसमसको उपलक्ष्यमा लविम मलले हरेक वर्षझै गर्ने हर्षोल्लासमय पर्वमा फोर्डले सहकार्य गर्दै विभिन्न उपहारहरु ग्राहकवर्गमाझ बाढ्ने भएको छ ।


ADVERTISEMENT


साथै यस उत्सवमा फोर्डको २०२१ सँस्करण गाडी २०२० मूल्यमा बूकिङ्गको व्यवस्था पनि गरिएको छ । ग्राहकवर्गको सुविधालाई ध्यानमा राखी फोर्ड इकोस्पोर्ट र फोर्ड फ्रिस्टाइलको टेष्ट ड्राइभको पनि व्यवस्था गरिएको छ ।


ADVERTISEMENT

# # #


सो उत्सवमा ग्राहकवर्गले आफ्नो छनौटको फोर्ड गाडी अवलोकन तथा टेष्ट ड्राइभ गर्न पाउने सुविधाको पनि व्यवस्था गरिएको छ तथा फोर्ड विक्री प्रतिनिधिले इच्छुक ग्राहक वर्गको लागि विभिन्न फोर्ड गाडीको प्रदर्शन गर्नेछन् । साथै २०२१ संस्करण फोर्ड गाडीको २०२० मूल्यमा वुकिङ्गको पनि व्यवस्था गरिएको छ ।

कम्पनीको डिजिटल प्रचार अन्र्तगत उत्सवमा सहभागीहरुले तल्लो फ्लोरमा रहेको क्रिसमस ट्री (एल जी टी) सँगै फोटो खिची आफ्नो सोसियल मिडिया (पब्लिक पोष्ट) मा #FORD_WINTER_FEST #FORD_NEPAL #LABIM_MAL पोष्ट गरी दैनिक आकर्षक उपहार जित्न सकिनेछ । यस प्रतिस्पर्धाको विजेताले आकर्षक उपहार एमआई फिट ब्याण्ड प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

उक्त अवसरमा क्रिसमसमा फोर्डले फरक परिदृश्यमा प्रस्तुत गर्दैछ।