काठमाडौँ – प्रमुख प्रतिपक्षी दल काँग्रेसको केन्द्रिय समितिको वैठक तेस्रो दिन आज पनि जारी रहने भएको छ । मंगलवारदेखि शुरु भएको वैठकले आज सरकारको निर्णयअनुसार चुनावमा जाने वा आन्दोलनमा जाने भन्ने निर्णय गर्नेछ ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि समसमायिक राजनीतिक छलफलको सेरोफेरोमा काँग्रेस निरन्तर छलफलमा छ । मंगलवार बसेको वैठकमा पार्टी सभापती शेर बहादुर देउवा र वरिष्ठ नेता शेर बहादुर देउवाबीच चुनावमा जाने कि आन्दोलन गर्ने भन्ने विषयमा एकमत हुन सकेको थिएन । पौडेल पक्षले सरकारको निर्णयविरुद्ध आन्दोलनमा जाने भनिरहँदा देउवा पक्षले भने चुनावमा जानुपर्ने प्रस्ताव अगाडि राखेको छ ।


ADVERTISEMENT

# # #


यद्यपि, बुधवारको वैठकपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेसले सरकारको कदम असंवैधानिक भएको भन्दै काँग्रेसले यसको प्रतिवाद गर्ने बताएका थिए ।