काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा देशभर प्रदर्शन गर्ने भएको छ । बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले संसद विघटन असंवैधानिक रहेको भन्दै देशव्यापी आन्दोलनमा उत्रिने निर्णय गरेको हो ।


ADVERTISEMENT


यद्दपी प्रदर्शनको मिति र स्वरुपबारे टुंगो लागि सकेको भने छैन । यसबारे भोलि बस्ने बैठकले आवश्यक निर्णय गर्ने बताइएको छ ।


ADVERTISEMENT

# # #


कांग्रेसले गत मंसिर २९ गते पनि सरकारविरुद्ध देशभर प्रदर्शन गरेको थियो ।