रौतहट– कलाकार तथा समाजसेवी धुर्मुसको जन्म दिनको अवसर पारेर ‘धुर्मुस सुन्तली फाउन्डेसन’ले रौतहटका बाढी पीडितका लागि एकिकृत नमुना वस्तीको शिलान्यास गरेको छ ।


ADVERTISEMENT


आज रौतहटको सन्तपुरमा एक कार्यक्रमको आयोजना गर्दै सुताराम कट्टेल धुर्मुस र उनकी श्रीमति कुञ्जना घिमिरे सुन्तलीले संयुक्त रुपमा एकिकृत वस्तीको शिलान्यास गरेका हुन ।


ADVERTISEMENT

# # #


५ करोड ७५ लाखमा निर्माण हुने उक्त वस्ती माझी, मुसहर, हजाम र देशार समुदायका लागि बनाउन लागिएको धुर्मुसले बताए । बाढीको चपेटामा परेका ती समुदायको जीवनस्तर उकास्नका लागि वस्ती निर्माण सुरु गरिएको उनको भनाइ छ ।

आउदो माघसम्म वस्ती निर्माण सक्ने योजना बनाएका धुर्मुस–सुन्तलीले २ नम्बर प्रदेशका होटल ब्यबसायी संघ लगायत अन्य स्थानीयको पनि सहयोग रहेको जानकारी दिए । भूकम्पपछि सामाजिक काममा सक्रिय भएका सिताराम र कुञ्जनाले अहिले धुर्मुससुन्तली फाउण्डेशन सञ्चालन गरेका छन् ।

फाउण्डेशनले यसअघि गिरान्चौर र मुसहरहरुका लागि सामूहिक वस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेको छ ।