काठमाडौँ –बेस्ट फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा बैंकर उमेशसिंह भण्डारी नियुक्त भएका छन् । उनले पुस १ गतेबाट ४ वर्षका लागि कार्यभार सम्हालेका छन् ।


ADVERTISEMENT


यसअघि उनी कुमारी बैंकमा थिए । कुमारी अघि काष्ठमण्डप विकास बैंकमा पनि उनले प्रमुख कार्यकारी अधिकृत भएर काम गरेको अनुभव रहेको छ ।


ADVERTISEMENT

# # #


लामो समय बैंकिङ क्षेत्रमा काम गरेका उनी बैंक सञ्चालनमा कुशल दक्ष मानिन्छन् । विशेषतः मर्जर प्रक्रियामा राम्रो दक्षता भएका उनलाई यस संस्थामा मर्जर गराउने शर्तसहित लगिएको हो ।

हाल बैंकमा १२ प्रतिशत खराब कर्जा रहेकोमा एक वर्षभित्र त्यसलाई ५ प्रतिशतमा झार्नुपर्ने जिम्मेवारी पनि उनको काँधमा परेको छ ।

हाल संस्था ३० करोड संञ्चित नोक्सानमा रहेकोमा भण्डारीमा यस नोक्सानलाई नाफामा बदल्नुपर्ने जिम्मेवारी पनि आइ परेको छ ।

संस्थाको अहिले १४ वटा शाखा कार्यालय छन् । करिब ३ अर्ब निक्षेप र साढे २ अर्ब ऋण लगानी रहेको छ । यस अघि फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा तोयाराज अधिकारी थिए ।