काठमाडौँ – सरकारले नेपालमै गाडी एसेम्बलका लागि निजी क्षेत्रसँग छलफल अघि बढाएको छ । नेपालमै गाडी एसेम्बलका लागि उद्योग मन्त्रालयले एक समिति बनाएर अध्ययन शुरु गरेको हो ।


ADVERTISEMENT


मन्त्रालयले उद्योग विभागका महानिर्देशक जीवलाल भुसालको संयोजकत्वमा अध्ययन टोली बनाएको छ ।


ADVERTISEMENT

# # #


समितिमा उद्योग र अर्थ मन्त्रालयका उपसचिव, उद्योग विभागका कानून शाखा प्रमुख, मेकानिकल इन्जिनियर, वातावरण तथा प्रविधि शाखाका निर्देशक र कम्पनी रजिस्ट्रारका प्रतिनिधि छन् ।

उक्त समितिले निजी क्षेत्रसँग छलफल गरेको हो ।

समितिले उद्योगीहरूसँग मिलेर नेपालमा गाडी एसेम्बलिङको सम्भावना, यसका फाइदा/बेफाइदा, पुरानो अभ्यास आदिको अध्ययन गर्नेछ ।

समितिले एसेम्बलिङ उद्योगमा चासो देखाएका कम्पनीसँग दुईओटा छलफल गरिसकेको संयोजक भुसालले बताए । ‘सम्बन्धित निकायसँग छलफल गरी प्रारम्भिक मस्यौदाको काम अघि बढाएका छौं,’ उनले भने । उनका अनुसार समितिले गरेको अध्ययनको आधारमा मन्त्रालयले एसेम्बलिङ उद्योग सम्बन्धी नीति बनाउनेछ ।