काठमाडौँ – नेपालको प्रख्यात इन्डोर तथा आउटडोर रिटेल ब्रान्ड सोनमले वार्षिक विन्डर सेल अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत कम्पनीले छानिएका केही आइटममा ७० प्रतिशतसम्म छुट घोषणा गरेको छ ।


ADVERTISEMENT


मंसिर २१ गतेसम्म लागू हुने यस अफर अन्तर्गत नयाँ आइटममा पनि ग्राहकले १० प्रतिशतको विशेष छुट पाउने छन् । यो योजना सोनामका सबै आउटलेटमा लागू गरिएको छ ।


ADVERTISEMENT

# # #


सोनमले आफ्ना सबै उच्चस्तरीय सामान नेपालमै उत्पादन गर्छ । यसले सबै उमेर व्यक्तिहरुलाई हुने डाउन, फ्लिस र प्राइमालफ्ट ज्याकेट, स्वेटर, कोट पाइन्ट, ट्राउजर, सर्ट, हाफ प्यान्ट, पञ्जा, भेस्ट, ट्रेकिङगेयर, टेन्ट, ब्याग लगायत सामान उत्पादन तथा बिक्री वितरण गर्छ । उच्च गुणस्तरका कारण सोनमका उत्पादनहरु छोटो समयमै ब्रान्ड र गुणस्तरप्रति सचेत उपभोक्तामाझ लोकप्रियता कमाउन सफल भएका छन् । गुणस्तरकै कारण सोनमलाई विश्वविख्यात ब्रान्डहरुको प्रतिस्पर्धी मानिन्छ ।

सोनमले काठमाडौं उपत्यकाका विभिन्न ठाउँ लगायत पोखरा र चितवनमा समेत आउटलेट खोलिसकेको छ । काठमाडौं उपत्यकामा ठमेलको छाया सेन्टर र सातघुम्ती, गोंगबुको बिजी मल, कमलपोखरीको सिटी सेन्टर, बौद्धको टुसाल, चावहिलको केएल टावर, सुनधाराको सिभिल मल, त्रिपुरेश्वरको युनाइटेड वल्र्ड ट्रेड सेन्टर, चक्रपथमा अमेरिकी दूतावास नजिकै, बानेश्वरको आइप्लेक्स कम्प्लेक्स, जावलाखेल र सातदोबाटोको सेल्सबेरीमा यसका आउटलेट छन् ।

त्यसैगरी पोखराको लेकसाइड र न्युरोड तथा चितवनको सिजी ल्यान्डमार्कमा सोनमका आउटलेट छन् ।