काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटिको बैठक सम्पन्न भएको छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकले पूर्व सांसद लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो।
पूर्वसांसद लामाको कोरोना भाइरस (कोभिड-१९) बाट मंसिर २४ गते निधन भएको थियो।
स्थायी कमिटिको अर्को बैठक पुस १ गते दिउँसो १ बजे बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।