काठमाडौँ – भारत आफ्नो भूमि हुँदै नेपाललाइै बंगलादेशमा विद्युत् विक्री गर्न दिन सकारात्मक देखिएको छ । भारतले नेपाली बिजुली अन्तरराष्ट्रिय बजारमा विस्तार गर्न सहयोग गर्ने बताएको हो ।


ADVERTISEMENT


बिहीवार र शुक्रवार सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय वैठकमा भारतले यसका लागि नीतिगत व्यवस्था नै गर्ने बताएको हो । यसअघि नै नेपालले बंगलादेशसँग विद्युत् खरीद विक्रीका लागि सहमति गरिसकेको छ । भारतीय बाटो हुँदै बिजुली विक्री गर्नुपर्ने भएकाले यसका लागि भारतको अनुमति आवश्यक थियो ।


ADVERTISEMENT

# # #


भारतले नीतिगत व्यवस्था गरेपछि नेपाल, भारत र बंगलादेशबीच छुट्टै त्रिदेशिय छलफल हुनेछ । यसका लागि नेपाल, भारत र बंगलादेशको ऊर्जा सचिवस्तरीय वार्ता छिट्टै आयोजना गर्ने सहमति पनि भएको छ ।