मोरङ – मिक्लाजुङ गाउँपालिका–१ बर्खे बस्ने सोही ठाउँस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक अन्दाजी ५२ वर्षीय राजेन्द्र श्रेष्ठको मंगलबार बिहान घाँटी रेटी हत्या भएको छ ।


ADVERTISEMENT


बिहान करिब सवा ७ बजे ५ जनाको समूहका आएका अपरिचित व्यक्तिहरुले प्रधानाध्यापक श्रेष्ठलाई अपहरण गरी सोही गाउँपालिका–१ बर्खे गाउँस्थित जंगलमा लगेर हत्या गरेको पाइएको हो । जिल्ला प्रहरी कार्यालय मोरङ समेतबाट प्रहरी उपरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बर्खे गाउँदेखि करिब ६ सय मिटर टाढा जंगलमा दुवै हात बाँधी अगाडिबाट घाँटी रेटेर हत्या भएको अवस्थामा उनको शव फेला पारेको हो ।


ADVERTISEMENT

# # #


घटनामा संलग्न व्यक्तिहरुको विभिन्न स्थानहरुमा खोजी गर्नुका साथै घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।