झापा – सरकारले भारतको मोतीहारीदेखि नेपालको अमलेखिगञ्जसम्म पेट्रोलियम पाइपलाइन निर्माण गरेपछि नेपाल–भारत दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन विस्तारको काम सुरु गर्ने भएको छ । चालू आर्थिक वर्षको अन्तिमसम्ममा बंगालको सिलिगुडीदेखि झापा चारआलीसम्म ५० किलोमिटर पाइपलाइन निर्माण गर्न लागिएको हो ।


ADVERTISEMENT


उसका लागि संसद्को उद्योग उद्योग, श्रम तथा उपभोक्ता हित संरक्षण समितिको टोलीले स्थलगत अवलोकन गरिसकेको छ । यसअघि भारतीय टोलीले प्रारम्भिक अध्ययनको काम गरेको थियो ।


ADVERTISEMENT

# # #


पाइपलाइन विस्तारका लागि सर्भेको काम सकिएको र विस्तारको मोडालिटी तयार पार्ने काम अघि बढेको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए ।

सरकारले चालू आर्थिक वर्षभित्रमै मोतीहारी–अमलेखगञ्ज खण्डमा सञ्चालित पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्ने महत्वकांक्षी योजना बनाएको छ ।