काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोनाविरुद्धको खोप निर्माण भइसकेकोमा अबको केही सातामा प्रयोगमा आउने बताएका छन् ।


ADVERTISEMENT


सर्वदलीय वैठकलाई सम्बोधन गर्दै उनले कोरोनाविरुद्धको खोपका लागि धेरै कुर्नुनपर्ने दाबी गरेका हुन् ।


ADVERTISEMENT

# # #


भारतले यसअघि देखि नै अन्य मुलुकमा उत्पादन भएको खोपभन्दा सस्तोमा खोप उपलब्ध गराउने बताइरहेको छ । वैठकमा उक्त कुरा दोहोर्‍याउँदै मोदीले कम मूल्यमा सुरक्षित खोप उत्पादन गरेको जिकिर गरे ।

यसअघि रुसले निर्माण गरेको स्पुतनिक फाइभको उत्पादनका लागि पनि भारतले अनुमति पाइसकेको छ ।