काठमाडौँ – भारतीय जासुसी संस्था रअ प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्माओलीसँग भेटेको विषयबारे परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कतिपय सांसदले सोधेको प्रश्नको जवाफ दिनेक्रममा परराष्टमन्त्री ज्ञवालीले रअ प्रमुखसँगको भेट अपारदर्शी नभएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


रअ प्रमुखसँगको भेटको परिणाम आइसकेको भन्दै उनले भने, ‘भारतको गुप्तचर एजेन्सी रअ प्रमुखको नेपाल भ्रमणको परिणाम आइसक्यो । सामन्त गोयल प्रधानमन्त्री मोदीको सन्देश लिएर आउनुभएको थियो । हाम्रो प्रधानमन्त्रीसँगको भेटवार्ता लुकाइएको होइन । सल्लाहकारले सार्वजनिक गरिसकेको विषय हो ।’ उनले पुरानै कुरामा अड्किएर बस्न नहुने बताए ।

उक्त भ्रमणपछि मात्रै भारतसँग वार्ताको ढोका खुलेको भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय सेनाध्यक्ष एमएम नरवणे, विदेश सचिव हर्षवर्द्धन श्रृंगलालगायतको पछिल्लो नेपाल भ्रमणलाई त्यसको परिणामको रुपमा संकेत गरे ।