तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँमा पुल उद्घाटन गरेका छन्। पौडेलले बुधबार विवादका कारण रोकिएको व्यास नगरपालिका वडा नम्बर १ र ११ जोड्ने पुल बिहीबार दिउँसो १ः३५ बजे उद्घाटन गरेका हुन्।


ADVERTISEMENT


बुधबार जिल्ला प्रशासन कार्यालयले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरी पौडेललाई पुल उद्घाटन गर्न नजान आग्रह गरेको थियो । तर पौडेल पुल उद्घाटन गर्न जाँदा नियन्त्रणमा लिई ३ घण्टापछि छाडेको थियो ।


ADVERTISEMENT

# # #


बिहीबार भने पुल उद्घाटनमा कुनै पनि अवरोध हुन पाएन । पुल उद्घाटन स्थलमा ठूलो संख्यामा कांग्रेस नेता कार्यकर्ता उपस्थित रहेका छन् ।