काठमाडौँ – महालक्ष्मी विकास बैंक लिमिटेडले ‘भिजा कन्ट्याक्टलेस कार्ड’ सेवा सञ्चालनमा ल्याएको छ । ‘भिजा कन्ट्याक्टलेस कार्ड’ ‘नियर फिल्ड कम्युनिकेसन्स’मा आधारित आधारित प्रविधि हो, जसमा प्रत्यक्ष स्पर्श नगरिकन सरल तथा छरितो तरिकाले पीओएस टर्मिनलबाट रकम भुक्तानी गर्न सकिन्छ ।


ADVERTISEMENT


यससँगै महालक्ष्मी विकास बैंक ‘भिजा कन्ट्याक्टलेस कार्ड’ सुविधा सञ्चालनमा ल्याउने पहिलो विकास बैंक बनेको छ । यस कार्डको प्रयोगबाट विश्वभर फैलिएको कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणमा विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले नयाँ प्रविधिको सुरुवात गरी आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ अनुभव दिन खोजेको जनाएको छ । ।


ADVERTISEMENT

# # #


देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या करिब पाँच लाख रहेको छ ।