काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड–१९) निको हुने दर ९२ प्रतिशत नाघेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ७३ जना कोरोना मुक्त भएसँगै कोरोना संक्रमणपछि निको हुने दर ९२.७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।


ADVERTISEMENT


मन्त्रालयका अनुसार हालसम्म २ लाख १६ हजार ५ सय ९४ जनाले कोरोना जितेका छन् । यस्तै गत २४ घण्टामा १ हजार ३ सय ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेकोमन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


हालसम्म १७ लाख ४६ कजार ३ सय ३० वटा पीसीआर परीक्षण गरिएको छ । हाल क्वारेन्टिनमा ६ सय १६ जना रहेका छन् भने १६ हजार ६ सय ३३ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् ।

कुल संक्रमित मध्ये १ हजार १५ सय २९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २१ जना संक्रमितले ज्यान गुमाएका छन् ।