काठमाडौँ – अर्थमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले सचिवालय बैठकमा आफ्नो जन्म दिन मनाएका छन् ।


ADVERTISEMENT


मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक सुरु हुन अघि पौडेलले आफ्नो जन्म दिन मनाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् । पौडेललाई प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्माओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले केक खुवाएर जन्मदिनको शुभकामना दिएका थिए ।


ADVERTISEMENT

# # #


यस्तै वरिष्ठ नेता वामदेव गौतमले पौडेललाई १०० वर्ष बाँच्न र राम्रो काम गर्दै जान शुभकामना दिए । पौडेल आजैदेखि ६२ वर्ष प्रवेश गरेका हुन् ।

 

सबै तस्बिर : प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापा