काठमाडौँ – फेसबुक एकाउन्ट ह्याक गरी ३० हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।


ADVERTISEMENT


प्रहरीले आइतबार सप्तरीको सितापुर गाउँपालिका–३ का रामदेव साह र सुनसरी ईटहरी उपमहानगरपालिका–४ की मनिषा गिरीलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार फेसबुक एकाउन्ट ह्याक गरी नगद ३० हजार रुपैयाँ पठाऊ नत्र अश्लिल तस्बिरहरू सामाजिक संजालमा राखीदिन्छु भनी विभिन्न डरत्रास देखाई उक्त रकम माग गरेका थिए ।

अनुसन्धानका क्रममा प्रहरीले सुनसरी ईटहरी उपमहानगरपालिका–६ ईटहरी बजार अन्तर्गत रहेको आइएमईबाट ठगी गरेको रकम झिकिरहेको अवस्थामा रकम सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरु उपर आपराधिक लाभ मुद्दामा जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।