काठमाडौँ – प्रधानमन्त्ती केपी शर्मा ओलीले प्रचण्डले प्रधानमन्त्रीका असक्षमताहरुलाई समेटेर लेखेको प्रतिवेदनको जवाफी प्रतिवेदन पेश गरेपछि आज सचिवालय वैठक तय गरिएको छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालय वैठक बस्ने भएको हो


ADVERTISEMENT


बैठकमा शनिबार अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले प्रस्तुत गरेको लिखित प्रतिवेदनमाथि छलफल हुनेछ। गत कात्तिक २८ गते अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको प्रतिवेदनको जवाफ दिँदै ओलीले १० दिन लगाएर जवाफी प्रतिवेदन प्रस्तुत गरेका थिए।


ADVERTISEMENT

# # #


सचिवालयमा भएका ओली पक्षका नेताहरु प्रचण्डले प्रतिवेदन फिर्ता लिनुपर्ने पक्षमा छन् भने प्रचण्ड पक्षका नेताहरु दुवै अध्यक्षको प्रतिवेदन स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीसम्म छलफल हुनुपर्ने अडानमा छन्।