स्यायाङ्जा – भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पहुँचका आधारमा विकास नहुँने भन्दै आवश्यकताका आधारमा विकास हुने उनले बताइन्।


ADVERTISEMENT


सोमबार गल्याङ–१ मालुङ्गा, वालिङ र भिरकोटमा अस्पतालको शिलान्यास गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । मन्त्री अर्यालले भनिन्, ‘पहुँचको आधारमा निवेदन चढाएको आधारमा विकास हुँदैन् । जहाँ आवश्यकता छ त्यहाँ विकास हुन्छ ।’


ADVERTISEMENT

# # #


वतर्मान सरकार नमुना सरकारको रुपमा अगाडि बढेको भन्दै उनले विगत भन्दा अहिलेको सरकार विकासको गतिमा हिँडेको बताए । विकासको वर्गिकरण गरेर संघ, प्रदेश र स्थानीय तिनै सरकार बीचको समन्वयमा विकास हुने उनको भनाई थियो । ‘सरकार तिव्र विकासको गतिमा हिँडेका छ । यो हामीले मात्र भनेका हौईनौँ यो त अन्तराष्ट्रिय मुल्याङकनले नै भनेको छ’, उनले भनिन्

आज स्वास्थ्य क्षेत्रमा ऐतिहासिक दिन भएको भन्दै मन्त्री अर्यालले देशभर एकैचोटी ३९६ वटा अस्पतालको शिलान्यास हुनु ऐतिहासिक घटना भएको बताए । उनले भनिन्, ‘आज एकै दिन ३९६ स्थानीय तहमा अस्पतालको शिलन्यास भएको छ । स्वास्थ्य क्षेत्रमा यति ठुलो संख्यामा अस्पताल बन्न लाग्नु स्वास्थ्य क्षेत्रको क्रान्ती हो । स्वास्थ्य क्षेत्रमा क्रान्ती ल्याउने सुरुवातको सरकारले उद्घोष गरेको छ ।’ भौतिक संरचनासंगै दक्ष जनशक्ति र आधुनिक सुविधा सम्पन्न उपकरणको समेत व्यवस्थापन हुने भन्दै उनले स्वास्थ्य हरेक नागरिकको सहज पहुँचमा पुग्ने बताइन्।

जनप्रनिधि जनताको सेवक भएको बताउदै उनले सासंद, मेयर, वडा अध्यक्ष लगायतका सबै जनप्रतिनिधि जनताले नै चुनेर पठाएको बताइन् । सबै जनप्रतिनिधिलाई जनताले पद दिएको भन्दै उहाँले यो जनताले दिएको जिम्मेवारी भएको बताइन् । ‘सबै जनप्रतिनिधिलाई पद जनताले दिनुभएको हो । हामी जनप्रतिनिधि ठुला मान्छे होईनौँ, पद त जिम्मेवारी हो’, मन्त्री अर्यालले भनिन्, ‘जनता हामी देखि डराउने, कुरा गर्न नसक्ने हुनुहुँदैन् । हामी त जनताको सेवक हौँ । उहाँहरुको सेवा गर्न उहाँहरु ले नै हामीलाई यो पदमा पठाउनुभएको हो । यो स्थानमा पठाउनुभएको हो ।’