काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो किर्तिमानी मन्त्रिपरिषद्मा थप दुई सदस्य थप गरेका छन् ।


ADVERTISEMENT


राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले सिफारिस गरेका विराज विष्ट र कमला शर्मालाई प्रम देउवाले सोमबार राज्यमन्त्रीमा सपथ गराएका हुन् । विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा विष्ट र वन तथा भू–संरक्षण राज्यमन्त्रीमा शर्मालाई सिफारिस गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिए ।


ADVERTISEMENT

# # #


यसअघि विष्टले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सहायक मन्त्रीको जिम्मेवारी लिएका थिए । शर्मा पहिलोपटक राज्यमन्त्री भएकी हुन् ।

योसँगै देउवा सरकारको मन्त्रिमण्डल ५६ सदस्यीय बनेको छ । यस अघि प्रधानमन्त्री देउवाले भाद्र २६ गते सरकार विस्तार गर्दै ५४ सदस्यीय मन्त्रीमण्डल बनाएका थिए