काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का आईसीसी एसोसिएटतर्फ दशक वर्ष खेलाडीको मनोनयनमा परेका छन् । एसोसिएटतर्फको एक दशकको समीक्षा गर्दै आइसिसीले पारसलाई दशककै उत्कृष्ट खेलाडीमा मनोनयन गरेको हो ।


ADVERTISEMENT


राष्ट्रिय टिमका पारससँगै सूचीमा स्टकल्यान्डका रिची बेरिनटन, नेदरल्यान्ड्सका पिटर बोरेन, स्कटल्यान्डका केल कोइजर, स्कटल्यान्डकै कोलम म्याकलियोड र पपुवा एन्ड न्युगिनीका असद भाला परेका छन्।


ADVERTISEMENT

# # #


आईसीसीले विश्व क्रिकेटका खेलाडीलाई प्रत्येक वषए विभिन्न विद्यामा सम्मान गर्दै आएको छ ।

यस वर्ष आईसीसीले दशकको क्रिकेट खेलाडी (महिला तथा पुरुष), दशकको पुरुष टेस्ट खेलाडी, दशकको एकदिवसीय खेलाडी (महिला तथा पुरुष), दशकको टी–२० खेलाडी (महिला तथा पुरुष), दशकको एसोसिएट खेलाडी (महिला तथा पुरुष) र आइसिसी स्पिरिट अफ क्रिकेट अफ दि डिकेड विधामा सम्मान गर्दैछ ।

आईसीसीले मनोनयनमा परेका खेलाडीलाई भोट गर्ने व्यवस्था गर्दछ । भोटिङबाट विजयी खेलाडी अवार्डबाट सम्मानित हुन्छन् अवार्ड आगामी १७ डिसेम्बरमा घोषणा गरिनेछ।