श्याम कुमार ठाकुर, सिरहा – स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नं. २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा बिहान सात बजेदेखि शान्तिपूर्ण एवं उत्साहजनकरूपमा मतदान जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
यस्तै १७ वटा स्थानीय तह रहेको सिरहा जिल्लामा पनि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । सिरहाको मिर्चैया नगरपालिकामा डा. प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीका सह महासचिव भोला साहलाई प्रहरीले बुथभित्र जान नदिएपछि केही बेर तनाव भएपनि पछि उनलाई भित्र जान दिएको थियो ।


ADVERTISEMENT


राती पानी परेकाले पनि आज मौसम अलि शितल भएकाले मतदान गर्न अझ सहज भइरहेको छ ।


ADVERTISEMENT

# # #


फाटोहरु: श्याम कुमार ठाकुर/सिरहा