काठमाडौँ – कामना सेवा विकास बैंक आर्थिक वर्ष २०७६/२०७७ मा मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ ।


ADVERTISEMENT


कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागद्वारा मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्र भित्र पर्ने करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गरेको कामना सेवा विकास बैंकलाई उक्त मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित गरिएको हो । बैंकले आ.व. २०७४/०७५ मा पनि आन्तरिक राजस्व विभागद्वारा सबैभन्दा बढी आयकर दाखिला गरेवापत सो सम्मान प्राप्त गरिसकेको छ ।


ADVERTISEMENT

# # #


आन्तरिक राजस्व विभागद्वारा हरेक वर्ष राष्ट्रिय कर दिवसको अवसर पारेर विभिन्न विधाहरुमा कदर स्वरुप उत्कृष्ट करदाताहरुलाई सम्मान प्रदान गर्दै आइरहेको छ ।

यस सम्मानले राज्यप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्न बैँकलाई अझ बढि हौसला प्रदान गर्ने बैँकले विश्वास व्यक्त गरेको छ । बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा ब्त्ःएटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।