काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएका आरोपहरु झूठा भएको भन्दै त्यस्ता ‘वाहियात र झूठा आरोपहरुको जवाफ नदिने बताएका छन् ।


ADVERTISEMENT


आइतबार वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्दै प्रधानमन्त्रीले आफूमाथि यसैगरी आरोप लगाउने हो भने आफू पनि अर्को ‘एक्स्ट्रिम’मा जान सक्ने बताएका थिए ।


ADVERTISEMENT

# # #


बैठकमै बसेर आरोपहरुको खण्डन गर्न सकिने वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए । तर, प्रधानमन्त्रीले त्यस्ता ‘वाहियात आरोप’को आफूले जवाफ नदिने बताएको स्रोतले भन्यो ।

बैठकमै बसेर आरोपहरुको खण्डन गर्न सकिने वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए । तर, प्रधानमन्त्रीले त्यस्ता वाहियात आरोपको आफूले जवाफ नदिने बताएको स्रोतले भन्यो ।

वरिष्ठ नेता नेपाल र महासचिव पौडेलसँग भएको दुईघण्टा लामो कुराकानीमा प्रधानमन्त्री ओलीले अब प्रचण्डसँग सँगै हिँड्न नसकिने बताउँदै आफूलाई सहयोग गर्न नेपालसँग आग्रह गरेका थिए ।

वरिष्ठ नेता नेपालले त्यसरी अर्को छोरमा पुगेर सोच्दा समस्या समाधान नहुने भन्दै संयमित भएर समस्या समाधान गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको स्रोतले बतायो ।

आइतबार माधव नेपाल र विष्णु पौडेलसँग छलफल गर्नुअघि प्रधानमन्त्री ओलीले बालुवाटारमै उपाध्यक्ष वामदेव गौतमसँग करिब डेढघण्टा छलफल गरेका थिए ।