काठमाडौँ – भारतले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न नेपाललाई २८ वटा आईसीयू भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको छ ।


ADVERTISEMENT


आइतबार नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


हस्तान्तरण समारोहमा बोल्दै राजदूत क्वात्राले कोभिड–१९ महामारी विरुद्धको लडाईमा सफलता हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग भारतको अटूट साथ रहेको कुरा दोहोर्‍याए ।

साथै, उनले यस किसिमका आवश्यक सहयोग गर्न भारत सधै प्रतिवद्ध रहेको कुरामा जोड दिए ।

यसअघि पनि भारतले नेपाललाई पटकपटक कोरोना विरुद्ध लड्न स्वास्थ्य सामग्री सहयोग गर्दैै आएको छ ।