हेटौँडा – हेटौँडामा ठूलो आकाशधारा र खाती टोलमा छुट्टाछुट्टै भएको कार्यक्रममा नेकपा र राप्रपा परित्याग गरि १४५ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । तत्कालीन नेकपा एमालेका नेता राधाकृष्ण खातीसहित उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।


ADVERTISEMENT


नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँलगायतले नव प्रवेशीलाई टीका र खादा लगाएर पार्टीको सदस्यता प्रदान गरेका थिए । कांग्रेसका वडा सभापति रामकृष्ण कोइरालाको अध्यक्षतामा पार्टी प्रवेश तथा दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरुले पार्टी प्रवेश गरेका हुन् । कार्यक्रममा बोल्दै पूर्व गृहराज्यमन्त्री, कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले कम्युनिष्टले मुलुकलाई खोक्रो बनाएको आरोप लगाए । कम्युनिष्टलाई विश्वास गरेर जनताले सत्तामा पुर्याए पनि उनीहरुले जनताको भावनाअनुसार काम गर्ननसकेको बताए । कम्युनिष्टहरुले जनतालाई गुलियो कुरा गरेर यतिन्जेलसम्म भुलाए, अब जनता सचेत भइसकेका छन् । पछिल्लो समय कांग्रेसमा फर्केनेको लहर नै चलेको छ ।जनताको विश्वासलाई हामी कुठाराघात गर्दैनौं ।


ADVERTISEMENT

# # #


नवप्रवेशीलाई सम्बोधन गर्ने क्रममा बानियाँले उनीहरुको क्षमता र क्रियाशीलताको आधारमा पार्टीमा भूमिका दिने पनि प्रतिवद्धता जनाए ।दुवै कार्यक्रममा पार्टीका महासमिति सदस्य दिनेश उपाध्याय जिल्ला सदस्य कृष्णप्रसाद दाहाल र नामदेव शिलवाल, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, हेटौंडा ६ बाट निर्वाचित वडाध्यक्ष अर्जुनप्रसाद चौलागाईं, कृष्णप्रसाद दाहाल, स्थानीय नेता सोमबहादुर मोक्तान, सुरेश तामाङलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा राष्ट्रिय लोक गायक गायिका प्रतिमा अर्याल र दिपेन्द्र पुन मगरले सांगितिक प्रस्तुतिमार्फत मनोरञ्जन दिलाएका थिए ।