जाजरकोट – लागूऔषध अफिम सहित नलगाड नगरपालिकाका दुई जना पक्राउ परेका छन् ।


ADVERTISEMENT


प्रहरीले १२ केजी अफिमसहित रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ राडीबजारबाट सो नगरपालिका–८ का ४६ वर्षीय मालबहादुर सिंह र सोही नगरपालिका वडा नम्बर ९ बस्ने ६० वर्षीय कालीबहादुर सिंहलाई अफिमसहित शुक्रबार पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


इलाका प्रहरी कार्यालय आठबीसकोटबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीका आधारमा दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ। रासस