काठमाडौँ – पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।


ADVERTISEMENT


काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचाररत सिताको बुधवार बिहाना मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


कोरोनाका लक्षण देखिएपछि सितालाई कात्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । अवस्था गम्भीर भएपछि उनलाई १४ गते नै हेलिकोप्टरबाट काठमाडौँ ल्याई नर्भिक अस्पतालमा उपचार शुरु गरिएको थियो ।

कोरोना पोजेटिभ देखिएपछि भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएकोमा बुधवार बिहान उनको निधन भएको अस्पतालले जनाएको छ ।