झापाको मेचीनगर–६ बाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


शनिवार दिउसो मे काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अबैध रुपमा लुकाई छिपाई ब्राउनसुगर ल्याउदै गर्दा चेकजाँच गर्ने क्रममा दार्जिलिङ पश्चिम बङगाल खोरोबारीका २५ वर्षीय साधिक आलमलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट २६ ग्राम (प्लाष्टिक बाहेक) ब्राउनसुगरसहित पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


आलमलाई तत्कालै नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी
एवम् प्रमुख नायक उपरिक्षक राकेश थापाले बताए ।