काठमाडौँ – नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता शुरु भएको छ । कर्णाली प्रदेशको विवादपछि दुई अध्यक्षबीच देखिएको तिक्तताका कारण दुई अध्यक्षबीच संवाद रोकिएको थियो ।


ADVERTISEMENT


गत कात्तिक ४ गते अन्तिम पटक बालुवाटारमा २ अध्यक्षबीच वार्ता भएकोमा त्यसपछि प्रधानमन्त्री ओलीले सहमतिभन्दा बाहिर गएर एकलौटी निर्णय गर्न थालेको भन्दै प्रचण्ड ओलीसँग वार्ता नगर्ने अडानमा पुगेका थिए ।


ADVERTISEMENT

# # #


पार्टीमा विवाद बढ्दै गएपछि २ अध्यक्षको संवादहीनताको अवस्थामा पुगेकामा ओलीले निरन्तर आफू निकट नेताहरुलाई प्रचण्ड निवास खुमलटार पठाएका थिए।

गत बुधबार ओलीको सन्देश लिएर महासचिव विष्णु पौडेल र दिउँसो स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ पुगेका थिए, बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पुगेका थिए भने शुक्रबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पुगेका थिए।