काठमाडौं । भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे कार्तिक १९ गते चार सदस्यीय भ्रमण दलका साथ नेपाल आउने कार्यक्रम तय भएको छ ।


ADVERTISEMENT


प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नरवणे नेपाल आउन लागेका हुन् ।


ADVERTISEMENT

# # #


भ्रमणको मुख्य अंशको रुपमा नेपाली सेना र भारतीय सेना विचको परम्परा अनुसार भारतीय सेनाध्यक्ष जनरल नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

जनरल नरवणेले प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीसँग समेत औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

४ देखि ६ नोभेम्बरसम्म हुने तीन दिवसीय भ्रमणका दौरान जनरल नरवणेले सैनिक मञ्चको विर स्मारकमा श्रद्दाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा आफ्ना समकक्षी महारथी पूर्णचन्द्र थापासँग छलफल लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।