काठमाडौँ – असोज महीनामा सामान्यतया राजस्व बढी उठ्ने गथ्र्यो । चाँडपर्वका बेला अर्थतन्त्र चलायमान हुने गरेकोमा यस वर्ष भने चाँडपर्वको महीनामा पनि लक्ष्यअनुसार राजस्व उठ्न सकेन ।


ADVERTISEMENT


भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार असोज महीनामा विभागले ३८ अर्ब राजस्व संकलन गरेको छ । जुन लक्ष्यभन्दा साढे ४ अर्बले कम हो ।


ADVERTISEMENT

# # #


असोजमा राजस्व संकलन हुने सवारी साधन र सुन आयातमा भारी कमी आएको छ। यस्तै आन्तरिक राजस्वबाट असोजमा लक्ष्यभन्दा १ सय ३८ अर्ब कम राजस्व संकलन भएको छ। यो महिना २५ अर्ब ५६ करोड राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा २४ अर्ब १८ करोड संकलन भएको छ।