ललितपुर । एसएसपी टेकप्रसाद राई नेतृत्वको ललितपुर प्रहरीले अपरहणमा परेकी बालिकाको सकुशल उद्धार गरेको छ । कात्तिक ३ गते बेलुका ललितपुर महानगरपालिका २९ हरिसिद्धीबाट महानगरीय प्रहरी परिसर ललितपुर, महानगरीय प्रहरी वृत्त सातदोबाटो र महानगरीय प्रहरी प्रभाग ईमाडोलबाट खटिएको संयुक्त प्रहरी टोलीले उद्धार गरेको हो ।


ADVERTISEMENT


एसएसपी राईका अनुसार अपहरणमा संलग्न जिल्ला सर्लाही हरिवन नगरपालिका ८ बाँसटोल घर भई ललितपुर महानगरपालिका २९ हरिसिद्वी बस्ने बर्ष ३० का राजु कार्की, जिल्ला काभ्रे नबोबुद्व नगरपालिका ८ घर भई सोही स्थान बस्ने बर्ष २३ कि सीता परियार र जिल्ला धनुषा धारापानि गाउँपालिका २ घर भई सोही स्थान बस्ने बर्ष ४० को कृष्ण तोलाङ्गीलाई प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT

# # #