काठमाडौं – गोर्खा ब्रुअरीले आफ्ना कुनै पनि उत्पादनको गुणस्तरमा सम्झौता नगरेको स्पष्ट पारेको छ।


ADVERTISEMENT


ग्राहकको स्वास्थ्यमा हानी हुने कुनै पनि काम नगरेको गोर्खा ब्रुअरीका डेपुटी म्यानेजिङ डिरेक्टर सुरेन्द्र सिलवालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


“पहिलो कुरा त काल्सबर्ग कम्पनीले पठाएको विशेषज्ञले जे रेसेपी दिन्छन्, हामीले त्यहीअनुसार बियर बनाउने हो । हामीले चाहेर पनि गुणस्तर घटाउन सक्दैनौं”,  सिलवालले भने।

बियरलाई दैनिक रूपमा ल्यावमा परीक्षण गरिने र ग्राहकको स्वास्थ्यलाई मध्यनजर गर्दै बजारमा पठाइसकेको बियरको पनि नमूना उठाएर नियमित परीक्षण हुने गरेको उनको भनाई छ ।

“कार्ल्सबर्ग कम्पनीले आफ्नो झन्डै २ सय वर्षको गुणस्तरको विश्वास जोगाउन पनि कडा प्रोटोकल पालना गर्छ, त्यसकारण उनीहरूले हाम्रो कम्पनीमा प्रतिनिधि नै खटाएको छ” उनले भने “हामी आफैं पनि ग्राहकप्रति जिम्मेवार छौं, ग्राहकको भरोसा माथि ठेस लाग्ने काम हामीबाट कदापी हुँदैन ।”

हुँदै नभएको विषयमा गुणस्तरको कुरा जोडेर आफूहरूलाई बदनाम गर्न खोजिएको भन्दै यस्ता तथ्यहिन बिषयबाट भ्रममा नपर्न सबैमा आग्रह समेत गरे ।