काठमाडौँ – सिभिल अस्पतालले कोरोना संक्रमित स्वयंलाई उपचार खर्च ब्यहोर्न भनेको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित उपचार सरकारले गर्न नसक्ने र त्यसको सम्पूर्ण खर्च संक्रमित स्वयंले ब्यहोर्नुपर्ने निर्णय गरेको भोलिपल्ट सुचना निकाल्दै अस्पतालले सोमवारदेखि लागू हुने गरी सबै खर्च आफै ब्यहोर्न भनेको हो ।


ADVERTISEMENT

# # #


यस्तै अस्पतालले कोरोना संक्रमितले खाने खानाका लागि क्यान्टिनमा अग्रिम भुक्तानी गर्न भनेको छ । अस्पताल प्रशासनले निकालेको सूचनामा भनिएको छ, ‘खाना अस्पताल क्यान्टिनमा नगद धरौटी राखी उपलब्ध हुने ब्यहोरा जानकारी गराइन्छ।’