काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ३ सय २६ कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि निको भएका छन् ।


ADVERTISEMENT


यससंगै हालसम्म निको हुनेको संख्या ९२ हजार १ सय ६६ जना निको भएको प्रवक्ता डा. जनाएका छन् । यो कुल संक्रमितको ६९.८ प्रतिशत हो ।


ADVERTISEMENT

# # #


यस्तै गत २४ घण्टामा २ हजार ९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका १४ हजार ८ सय ७५ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म १२ लाख ८३ हजार ३ सय ५४ पीसीआर परीक्षण गरिएको छ ।

हाल ४ हजार ८ सय ८ जना रहेका छन् भने ३९ हजार ३ सय ४१ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । २६ हजार ४ सय ८ जना होम आइशोलेसनमा रहेका छन् भने १२ हजार ९ सय ३३ जना संस्थागत आइशोलेसनमा छन् ।

कुल संक्रमित मध्ये ७३९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १२ जना संक्रमितक मत्यु भएको छ ।