बुटवल – प्रदेश सरकारले कोरोना संक्रमितको उपचारमा हालसम्म ५० करोड रुपैयाँ खर्च गरेको छ ।


ADVERTISEMENT


प्रदेशमा हालसम्म १४ हजार ४ सय जनामा कोरोना संक्रमण पुष्टि भएकोमा तीमध्ये १ हजार ८५ जनाले मात्र सरकारी अस्पतालमा भर्ना भएका थिए । यसअनुसार सरकारले प्रत्येक १ संक्रमितको उपचारमा रु. २ लाख खर्च गरेको छ ।


ADVERTISEMENT

# # #


यद्यपि, प्रदेशमा सरकारले कोरोना नियन्त्रण प्रभावकारी रुपमा गर्न नसकेको तथा संक्रमितले उपचार पनि नपाएको गुनाशो बढेको छ ।

उपचारकै अभावमा कोरोना लगायत अन्य रोगका बिरामीले पनि ज्यान सम्म गुमाउनु परेको गुनाशो सर्वसाधारणको छ । उनीहरुकाअनुसार प्रदेशमा २ महीनायता निःशुल्क पीसीआर जाँच नै भएको छैन भने कन्ट्र्याक ट्रेसिङ पनि बन्द गरिएको छ ।

प्रदेशमा देखिएका अधिकांश कोरोना संक्रमित घरमै आइशोलेसनमा बसेकोमा तिनले सरकारी लगानी, निगरानी तथा उपचार पाएका छैनन् । रिपोर्ट पोजेटिभ आएपनि सरकारी निकायबाट कुनै रेस्पोन्स नै नहुने गरेको स्थानीयको गुनाशो रहेको छ ।