काठमाडौँ – युनाइटेट सिमेन्ट्सले जोखिमको यो कठीन घडीमा आफ्नो ज्यानको समेत माया नगरी अग्रपंक्तीमा खटिनेहरुको सम्मान स्वरुप एउटा भिडियो सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


यस म्यूजिक भिडियोको एक मात्र लक्ष्य भनेको यो कठीन घडीमा आफ्नो ज्यानको समेत माया नगरी अग्रपंक्तीमा खटिने साहसीहरुलाई धन्यवाद भन्नु र सम्मान स्वरुप सलाम गरहेको कम्पनीले जनाएको छ । अहिले कोभिड १९ ले पुरा विश्व नै आक्रान्त पारेको अवस्थामा, यो गीतले अग्रस्थानमा काम गर्ने सम्पूर्णको मनोबल बढाउने धारणा यूनाइटेड सिमेन्ट्सले व्यक्त गरेको छ ।


ADVERTISEMENT

# # #


सार्वजनिक गीतमा रामकृष्ण ढकाल, सुगम पोखरेल, प्रमोद खरेल, रजिना रिमाल, मेलिना राई, मोहित मुनाल र सन्तोष दंगालको सुमधूर स्वर रहेको छ । गीतलाई सन्तोष पौड्यालले रचना गरेका हुन् ।

यस्तै मोहितमुनालको संगीत संयोजन र कलाकार व्यवस्थापन र अन्य थुप्रैको अथाह मेहेनतले युनाइटेड सिमेन्ट्सले यो म्यूजिक भिडियो सार्वजनिक गरेको हो ।

भिडियो हेर्नुहोस् :